एनआरएनएको नेतृत्व आलोपालो: केसी, आचार्य र थापाबीच सहमति (विज्ञप्तिसहित)

एनआरएनएको नेतृत्व आलोपालो: केसी, आचार्य र थापाबीच सहमति (विज्ञप्तिसहित)

सहमति कार्यान्वयन गर्न १० औं महाधिवेशनबाट विधान संशोधन प्रस्ताव लैजाने


ग्लोब नेपाल
459
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचन आम सहमतिमा गर्ने समझदारी बनेको छ । एनआरएनए नेतृत्वको दावी गर्दै आएक कुल आचार्य, डा. बद्री केसी र रविना थापाबीच आलोपालो नेतृत्व गर्ने गरी आम सहमतिमा महाधिवेशन सम्पन्न गर्ने समझदारी बनेको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक रामप्रताप थापा, सल्लाहकार टिवी कार्कीलगायतको उपस्थितिमा केसी, आचार्य, आरके शर्मा र थापाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर आगामी १० औं महाधिवेशन सहमति प्रणालीबाट संघको नेतृत्व गर्ने गरी महाधिवेशन सम्पन्न गर्ने सहमति भएको मंगलबार एनआरएनए कार्यालय बालुवाटारमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विज्ञप्तिमा सहमतिलाई कार्यान्वयन गर्न १० औं महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गर्ने प्रस्ताव लैजाने उल्लेख छ ।

संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञिप्तमा भनिएको छ, ‘वास्तावमा गैरआवासीय नेपाली संघ केवल संस्था मात्र होइन, यो विश्व भरि रहेका हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुको एउटा पवित्र मन्दिर हो, हामी सबैको साझा आस्था, विश्वास र अभियान हो । हामी सम्पूर्ण गैरआवासीय नेपाली पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई हामीले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सर्वाजनिक संकल्प पनि गर्न चाहान्छौ, संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञिप्तमा भनिएको छ ।’

त्यस्तै,’अहिलेको विषय असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर संघको एकतालाई अक्षुण्णा राख्नका लागि सहमतिको आधारमा दशौं महाधिवेशन गर्नु भन्दा अर्को श्रेष्ठ विकल्प थिएन । त्यसैले संघको विधानअनुसार अध्यक्ष कुमार पन्तको आह्वानमा यही मार्च २४ र २५ मा आयोजना गरिएको विधान सम्मत दशौं महाधिवेशनमा सहभागी हुन महाधिवेशनका सम्पूर्ण डेलिगेट्सहरु तथा संसारभरि रहेका सम्पूर्ण गैरआवासीय नेपाली बुबा, आमा, दाजु भाइ तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तैगरि विज्ञप्तिमा गैरआवासीय नेपाली संघलाई एक स्वतन्त्र, स्वायक्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न पनि आग्रह गरिएको छ ।
विज्ञप्ति जस्ताको त्यस्तै