पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित


ग्लोब नेपाल
27
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग -२ मा पपुवा न्यूगिनी(पीएनजी)विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो । दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकिय योगदान गरे । रोहित पौडेलले ४४ रन जोडे । पीएनजीका चाल्र्स अमिनीले दुई विकेट लिए । काबुआ मोरेले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे । लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे । करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।