सलमान खान नेपाल आउँदा हेर्ने शुल्क ५ देखि २५ हजारसम्म

सलमान खान नेपाल आउँदा हेर्ने शुल्क ५ देखि २५ हजारसम्म


ग्लोब नेपाल
81
Shares

काठमाडौं । भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ‘दशंग टुर’ मार्फत उनी नेपाल आउन थालेका हुन् । त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् ।

दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ । जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन् । उनले पाँच हजार रुपैयाँको टिकट काटेका हुन् ।

उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।

उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । कोरोना महामारीका कारण स्थगित भएको थियो ।

सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन् । उनको भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छिन् । नेपालमा आयोजित कार्यक्रममा पनि दर्जन बढी भारतीय कलाकारको टिम आउने आयोजक ओडिटीले जनाएको छ ।