तिम्रो लागि पनि बाेलिदिन्छु

तिम्रो लागि पनि बाेलिदिन्छु



म बलात्कार हुँदाखेरि समेत
तिमी मेराे चित्र र चरित्र हेरि दिन्छौं
म संघर्ष गर्दा उल्टै तिमी गार्‍हो बनाई दिन्छाै
घाँटी समाई दिन्छाै, सासै फेर्न गार्‍हो हुने गरि ।
मात्र मेराे प्राण रहन देउ, सास चल्न देउ, ढुकढुकी धड्कन देउ
म तन मन लगाई अगाडि बढिदिन्छु
मरे सहिद बाँचे केही गरि दिन्छु ।

म सहारा खाेज्छु ।
तिमी उल्टै जटिल बनाई दिन्छौं, बदनाम गरिदिन्छाै ।
तिमी संयम गर म ईतिहास काेरि दिन्छु,
म तिमीलाई पर्दा पनि बाेलिदिन्छु ।
पिडाले छट्पटाएर मेराे छाति पाेल्दा,
ठुलै प्रमाण हुन्थ्याे देख्ने साक्षि बाेल्दा,
बाेल्दैन चुप छ जसले देखेकाेथ्याे
यस्तै नियति भाेग्न भावि मै लेखेथ्याे ।

कति दाेषी छन् मान्छे अनि समाज ?
आफ्नाे दिमागमा अल्पज्ञान भर्छन्,
प्रमाण जुट्नु अघि नै फैसला गर्छन्
मलाई पर्दा माेज र चमत्कार देख्ने समाज
आफुलाई पर्दा चाँहि भवितव्य भन्छ ।
मलाई कमजाेर बनाउन हद म्याद गन्छ
तिमी संयम गर म ईतिहास काेरि दिन्छु,
म तिमीलाई पर्दा पनि बाेलिदिन्छु ।