कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

चुनावी तालमेल र उम्मेद्वारको मापदण्डसम्बन्धी निर्णय हुनसक्ने


ग्लोब नेपाल
432
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा आज टुंगिने भएकाले चुनावी तालमेल र स्थानीय चुनावमा उम्मेद्वारको मापदण्डसम्बन्धी निर्णय पनि आजै हुने सम्भावना छ । बैठकमा बोल्ने कांग्रेस केन्द्रीय सदस्यहरुले तालमेलको पक्ष/विपक्षमा धारणा राखेका छन् ।

कांग्रेसले संस्थागत रुपमा भन्दा पनि आवश्यकता अनुसार चुनावी तालमेलको निर्णय गर्नसक्ने बुझिएको छ । सबैभन्दा धेरै चासोको विषय बनेको चितवनमा तालमेल हुने नहुने विषयमा पनि निर्णय हुनसक्ने बुझिएको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरु संस्थागत तालमेलको पक्षमा छन् भने शेखर कोइराला पक्ष एक्लै चुनावमा जानुपर्ने अडानमा छन् ।