त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : पिएनजीमाथि नेपालको रोमाञ्चक जित

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : पिएनजीमाथि नेपालको रोमाञ्चक जित


ग्लोब नेपाल
270
Shares

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो ।

पिएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए । पिएनजीविरुद्ध किफायती बलिङ गरेका कप्तान सन्दीप लामिछाने र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

लयमा देखिएका भानुआलाई १८.५ ओभरमा करणले पभेलियनकाे दिशा देखाएपछि नेपाल खेलमा फर्किएका थियो । यसै ओभरको अन्तिम बलमा सिमोन अटाईको विकेट लिएपछि नेपालले जिततर्फ अग्रसर भएको थियो । जितसँगै नेपालले ट्वान्टी २० शृंखलामा सुखद् सुरुआत गरेको छ । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी छन् ।

टि२० त्रिकोणात्मक सिरिजको खेलतालिका

चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०

चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०

चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०

चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०