कोलोराडोमा नेपाली समाजको सांस्कृतिक केन्द्र नेपाली घर निर्माण गर्ने बर्षौदेखिको सपना साकार

कोलोराडोमा नेपाली समाजको सांस्कृतिक केन्द्र नेपाली घर निर्माण गर्ने बर्षौदेखिको सपना साकार



कोलोराडो, अमेरीका । कोलोराडो निवासी नेपाली तथा नेपाली भाषी भुटनिजहरुको बषौं देखिको नेपालीको पहिचाहन झल्कने नेपाली संस्कृतीक केन्द्र नेपाली घर निमार्ण गर्ने बषौं देखिको सपना आज साकार भएको छ ।

नेपालीहरुको पहिचाहन झल्कने नेपाली संस्कृतिक केन्द नेपाली घर निर्माणको लागी आज वेस्टमिनिष्टर स्थित चर्ज खरिद प्रकृया एक समारोह बिच सम्पन्न भएपछि उक्त सपना साकार भएको हो । आरोरा स्थित भिलेज एक्सचेन्ज सेन्टरमा आज सम्पन्न भवन क्लोजिंग कार्यक्रममा नेपाली घरका तर्फ बाट टाइटल कम्पनिका प्रतिनिधी संग नेपाली घरका अध्यक्ष जगदिश ढकाल, निबर्तमान अध्यक्ष तथा खरिद समितीका संयोजक लछुमन राना, उपाध्यक्ष बसन्त लम्साल, महासचिब भोला कटुवाल, कोषाध्यक्ष राजु खनाल, पुर्व अध्यक्षहरु तथा बर्तमान कार्यसमितीका सल्लाहकार द्धय नारायण श्रेष्ठ र योगराज गौतमले संयुक्त रुपमा हस्ताक्षर गरे पछि सम्पन्न भएको हो ।

यस अघि फष्ट बैंकका लोन अफिसर ज्याक क्लर्कले भवन खरिदकोलागी लोनको ग्यारेन्टर बसेका सल्हाहकार द्धय नारायण श्रेष्ठ, योगराज गौतम र उपाध्यक्ष बसन्त लम्साल संग संम्यूक्त रुपमा हस्ताक्षर गराएका थिए । त्यसैगरी सोही समारोहमा सेलरका एजेन्ट ग्रेग नटले संस्थाका अध्यक्ष जगदिश चन्द्र ढकाललाई भवनको चावी हस्तान्तरण गरेका थिए ।


4001 W 76th. Ave. वेस्टमिनिष्टर मा रहेको 2.17 एकडमा रहेकाे चर्ज खरिदगर्न फष्ट बैंकले ६ लाख १७ हजार ५ सय लोन दिएको छ भने संस्थाको खाताबाट भवनको लागी ३ लाख ७ हजार ५ सय नगद भुक्तानी गरिएको संस्थाका महासचिव भोला कटुवालले बताएका छन् । अब संस्थाले हरेक महिना लोनको किस्ता ३ हजार ३ सय ३६ डलर र ईन्सुरेन्स ८ सय ५४ गरी युटिलिटी बाहेक ४ हजार १ सय ९० बुझाउनुे देखिएको छ ।

खरिद प्रकृया संम्पन्न भएपछि सोही स्थानमा सम्पन्न औपचारिक कार्यक्रममा त्यहा उपस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधी समाजसेवी , बुद्धीजिवीहरुले शुभकामना मन्तब्य दिएका थिए । यसरी शुभकामना दिनेहरुमा समाजसेवी तथा प्रेसाइडिङ कमिटीका सदस्य डा.बिजयराज शर्मा, नेपाली घरका सल्लाहकार तथा संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, भवन खरिद समितीका संयोजक तथा निवर्तमान अध्यक्ष लछुमन राना, एनआरएन अमेरीकाका केन्द्रीय सदस्य राज ढुङ्गाना तमुधिका अध्यक्ष चन्द्रमान गुरुङ, प्रेसाइडिङ कमिटीका सदस्य तथा समाज सेवी पदम बिश्वकर्मा रहेका थिए । त्यसैगरी अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, बौद्ध समाजका सोनाम शेर्पा, एनआरएन कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष द्धय बासुदेव खनाल र कुमारजंग कार्कि लगायतका रहेका थिए । कार्यक्रममा ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बरालको पनि उपस्थिती रहेको थियो ।

नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले नेपाली घरका टिमलाई धन्यवाद दिदै अव यसको लोन चुक्तागर्न, भवनलाई सुचारु रुपले संचालन गर्न, दिर्घकालिन योजनाहरु बनाउन तथा कोलोराडोमा रहेका सबै नेपाली भाषी समुदाय संघ संस्थाहरुलाई यो भवन हाम्रो आफ्नो हो भन्ने बाताबरण सृजनागर्न सुझाव दिएका थिए ।
झण्डै पांच बर्ष अघि २०१८ मा नेपाली संस्कृतिक केन्द नेपाली घर निर्माणकोलागी सफलताका साथ श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न गरेर सुरु गरिएको अभियानले आज साकार रुप लिएकोमा सबै नेपाली भाषी समुदाय हर्सित भएका छन् ।

कोलोराडोमा स्थापीत नेपालीहरुको साझा संस्था नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा २०१८ मे महिनामा श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न भएको थियो । उक्त महायज्ञमा दाताहरुले दानगरेका तथा दानगर्न प्रतिबद्धता जनाएका गरी झण्डै ६ लाख सहयोग संकलन भएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष जगदिशचन्द्र ढकालले यस महा अभियानमा सहयोगगर्ने सबैलाई धन्यवाद दिए । उनले यस अभियानको पहिलो चरण सम्पन्न भएर कोलोराडोमा नेपाली भाषी समुदायको हातमा साझा संम्पत्ती प्राप्त भएको र यसलाई लक्ष्य पु¥याउन भोलीका दिनमा पनि सबैको साथ र सहयोग निरन्तर रहने बिश्वास ब्याक्त गरेका थिए ।