ओलीमा भ्यूटावर मोह किन ?

ओलीमा भ्यूटावर मोह किन ?

ओलीले भ्यूटावरलाई राष्ट्रिय महत्वको योजना बनाउन जोड दिँदा आधारभूत आवश्यकताबाट बञ्चित नागरिकलाई के जवाफ बोकेर स्थानीय निर्वाचनमा जाँदैछन् ?


ग्लोब नेपाल
486
Shares

काठमाडौं । राज्यले नागरिकको आधारभूत आवश्यकता नै पूरा गर्न सकेको छैन । तीन तहका सरकारहरु गाँस, बाँस र कपासजस्ता विषयमा संवेदनशील हुनैसकेका छैनन् । तर विकास निर्माणका नाममा ती सरकारहरुले अनावश्यक भ्यूटावर बनाउन होडबाजी नै गरेका छन् । कम्युनिष्ट शीर्ष नेताहरुमा शीर्ष नेताहरु पनि यस्ता भ्यूटावरको आवश्यकता र औचित्य नहेरी स्थानीय चुनावको मुखमा निर्माण र उद्घाटन गर्नै व्यस्त छन् ।

यो कार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली धेरै अगाडि छन् । उनले हिजाे मात्रे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकनगर वनवाटिकामा रहेको बहुद्देश्यीय टावरकाे हिजाे उद्घाटन गरे । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनीहरुले पूर्वाधार विकासमा धेरै काम गर्ने पनि बताए ।

यसरी भाषण गरिरहँदा आजसम्म केही जनसंख्या गाँस, बाँस र कपासबाट नै टाढा रहेको र धेरै नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीको दायरामा नपरेको विषयले उनीहरुलाई छोएकै छैन । बरू भ्यूटावर बनाउनै होडबाजी देखिन्छ । यस्ता टावर बनाउन अर्बौ बजेट खर्चदाँ नेताहरू खुसी देखिन्छन् ।

अझै केपी शर्मा ओली त भ्यूटावर निर्माण कार्य २० प्रतिशत बाँकी छँदै उद्घाटनमा आफ्नो नाम दर्ता गराउन हतारहतार पुगेका हुन् । उनको गृहनगर झापाको दमकमा बन्दै गरेको भ्युटावरको कथा हाे याे । उक्त भ्यू टावर त १ अरब ५० करोडको लगानी निर्माण भइरहेको छ । उक्त ‘भ्यू टावर’लाई राष्ट्रिय महत्वको योजनामा पारी बजेट विनियोजन गर्ने र निर्माण सम्पन्न हुनुअघि नै केही दिन अगाडि उद्घाटन गर्न ओली पछि परेनन् । एमाले कार्यकर्ताबाहेक स्थानीयले उक्त भ्युटावरलाई अस्पतालमा रुपान्तरण गर्न माग गरिरहेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकनगर वनवाटिकामा रहेको बहुद्देश्यीय टावर ११ करोड ३२ लाख र रोल्पाको जनयुद्ध स्मृति भ्यूटावर ६ करोड १० लाख ६५ हजारको लगानीमा निर्माण भएको हो । यसरी ओलीले भ्यूटावरलाई राष्ट्रिय महत्वको योजना बनाउन जोड दिँदा आधारभूत आवश्यकताबाट बञ्चित नागरिकलाई के जवाफ बोकेर स्थानीय निर्वाचनमा जाँदैछन् ? त्यो हेर्न बाँकी छ ।