सत्ता गठबन्धनकाे बैठक भोलि १० बजे बालुवाटारमा

सत्ता गठबन्धनकाे बैठक भोलि १० बजे बालुवाटारमा

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ


ग्लोब नेपाल
27
Shares

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक भोलि बिहीबार बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बिहीबार बिहान सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्नेछ।

सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । बैठक बिहान साढे १० बजेका लागि बोलाएको उनले बताए ।

‘सत्ता गठबन्धनको बैठक बिहीबार बिहान साढे १० बजेको लागि बोलाइएको छ’, वरिष्ठ नेता पौडेलले भने, ‘बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन्छ।’

सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७ सय ५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ।

मंगलबार सम्पन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ।