छोराको आसमा आठ छोरी

छोराको आसमा आठ छोरी


ग्लोब नेपाल
54
Shares

मुगु । छाँयानाथ रारा नगरपालिका-१२ का रन्न ऐडी ४६ वर्षका भए । उनी श्रीमती भन्दा ठ्याक्कै तीन वर्ष कान्छा छन् । उनीहरूकाे विवाह भएकाे दुई दशकभन्दा बढी भयाे । याे बीचमा उनीहरूले आठ सन्तान जन्माएका छन् ।

उनीहरूले रेडियाे, टिभीमा बज्ने ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने विज्ञापन नसुनेका पनि हाेइनन् । थाेरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएकाे पनि हाेइन । तर, छिमेकी र समाजले ‘छाेरा नभएकाे’ भनेकाे सुन्नबाट बच्न उनले आठ छाेरी पाइसकेका छन् । उनीहरू अझै पनि छाेरा पाउने आशमा छन् ।

सानै उमेरमा विवाह गरेका रन्न अर्काे वर्ष बाबु बनिहाले । त्यसयता हरेक डेढ दुई वर्षमा उनी बाबु बनिरहेका छन् । रन्नकी श्रीमती पनि छोराकै आसमा छिन् । छोरा भए बुढेसकालमा सुख पाइने, अर्काे जन्म पनि सफल हुने अन्धविश्वास ग्रामिण क्षेत्रमा अझै छ । यही अन्धविश्वाकाे शिकार बनिरहेका छन रन्न दम्पती ।

वर्षेनि जस्ताे परिवारमा खाने मुख र पेट बढ्ने तर आम्दानीकाे स्राेत जस्ताकाे तस्तै हुँदा उनीहरू संकटमा छन् । पाेषणयुक्त खानपान नहुँदा आमा र छाेरीहरू कमजाेर छन् । अहिले उनीहरूकाे साथमा सात छाेरी छन् । एउटी छाेरी जन्मने बित्तिकै बेतेका उनीहरू बताउँछन् ।

उनीहरूकाे जेठी छोरी २० बर्षकी भइन भने कान्छी तीन बर्षकी छिन् । जेठी छाेरीकाे विवाहवारी भइ दुई सन्तानसम्म पाइसकेकी छिन । उनले दुई छाेरी पाइसकेकी छिन् । उनी पनि अहिले माइतीमै छिन् ।

यी दम्पतिले छोराको आसमा के मात्रै गरेनन ? धार्मिक परम्पराअनुसार देवी, देवता, पूजा, पाठ, ज्याेतिषसँग मन्त्र जपाय । छोराकै आसमा दम्पतिले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन अहिलेसम्म प्रयोग नगरेको रन्न बताए ।

उनले छाेरीहरूलाई शिक्षाबाट भने बञ्चित पारेका छैनन । घर नजिकैकाे विद्यालयमा छाेरीहरूलाई पढ्न भने पठाउँछन् । उनकाे घर चलाउने मुख्य पेशा भेडा ब्यवसाय हाे । त्यहि भेँडा पालनबाट घर खर्च र परिवारकाे लालनपालनमा भइसकेकाे उनले बताए ।