दिल्लीमा आगामी चार दिन व्यापक गर्मी बढ्ने पुर्वानुमान

दिल्लीमा आगामी चार दिन व्यापक गर्मी बढ्ने पुर्वानुमान



भारतको राजधानी नयाँ दिल्लीसहित मध्य र पश्चिम भारतमा आगामी चार दिन गर्मीसँगै तातो हावाका कारण जनजीवन प्रभावित हुने मौसम विभागले जनाएको छ । भारतमा विगत केही दिनदेखि व्यापक गर्मी बढेको छ । देशभर कडा र चर्को तापको लहर नै चलेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार मध्य र पश्चिम भारतमा आगामी चार दिन तातो हावा लुका कारण जनजीवन प्रभावित बन्ने मौसम विभागको भनाइ छ । आगामी दिनमा राष्ट्रिय राजधानी नयाँ दिल्लीको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्न सक्ने जनाइएको छ ।