उपमेयरको नेतृत्वमा सडक अवरुद्ध

उपमेयरको नेतृत्वमा सडक अवरुद्ध


ग्लोब नेपाल
243
Shares

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेकाे जोरपाटी-साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन् । उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन् । ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी-साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् ।

यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमश: नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधjकुमार नेपालले जितेका छन् । प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन् । स्थानीय राजेन्द्र सिपाहीका अनुसार सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक-पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारिएकाे हाे ।