साँफेबगर नगरपालिकाका ज्येष्ठ नागरिककाे देश दर्शन

साँफेबगर नगरपालिकाका ज्येष्ठ नागरिककाे देश दर्शन


ग्लोब नेपाल
162
Shares

अछाम । साँफेबगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई देश दर्शन गराएको छ । नगरपालिकाको ज्येष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्तर्गत देश दर्शन गरेर साँफेबगर नगरपालिकाका २८ जना वृद्धवृद्धा फर्किएका छन् । ८ चैतमा देश दर्शनको लागि हिँडेका ज्येष्ठ नागरिक देशका महत्वपूर्ण धार्मिक क्षेत्रको भ्रमण गरेर नाै दिनपछि बुधबार नगरपालिका फर्किएका छन् ।

डडेल्धुराको उग्रतारा, नेपालगञ्जको बागेश्वरी, लुम्बिनी, नवरपरासीको मन्दिर, पशुपतिनाथको दर्शन, केबुलकारको यात्रा, पोखरा, बुटवल, सुर्खेतको देवती बजै लगायतका देशका महत्वपूर्ण धार्मिक क्षेत्रको भ्रमण गरेर फर्किएका छन् ।