करणको ह्याट्रिक विकेट, नेपाल फाइनलमा

करणको ह्याट्रिक विकेट, नेपाल फाइनलमा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीमाथि ३७ रनको जित निकालेको छ। आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

करण केसीको कीर्तिमानी ह्याट्रिक विकेटसहित घरेलु टोली नेपाल एक खेलअगावै टी२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको हो।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।