नलगाडका सबै वडा कार्यालय आफ्नै भवनमा

नलगाडका सबै वडा कार्यालय आफ्नै भवनमा


ग्लोब नेपाल
351
Shares

जाजरकोट । नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेकाे छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेकाे छ । दल्लीस्थित नगरपालिकाकाे नयाँ भवनमा ३५ वटा काेठा छन् । नगरपालिकामा १३ वटा वडा छन् । नगरपालिकाकाे केन्द्रीय कार्यालय भवनबाट सबै शाखाको समेत काम हुने प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताए । नगरपालिका भित्रका सबै कार्यालयहरू अब भाडामुक्त भएको उनले बताए । पालिकाकाे १५ बेडकाे नगर अस्पताल भवन निर्माण पनि जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए ।