च्याम्पियन्स लिग फुटबल: दुवै स्पेनिस क्लबलाई सफलता

च्याम्पियन्स लिग फुटबल: दुवै स्पेनिस क्लबलाई सफलता


ग्लोब नेपाल
216
Shares

लन्डन । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।

जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो ।खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् । अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा भिल्लारियललाई आतिथ्य गर्नेछ ।

करिमको ह्याट्रिकसँगै रियाल विजयी
यता, करिम बेन्जिमाको ह्याट्रिकसँग स्पेनिस क्लब रियाल म्याड्रिडले चेल्सीमाथि ३–१ को जीत निकालेको छ । रियालका लागि करिमले मध्यान्तरअघि नै चेल्सीविरुद्ध ह्याट्रिक गरेका थिए । उनले २१, २४ र ४६ मिनेटमा गोल गरेका थिए । चेल्सीका लागि काइ हेभेर्जर्डले ४० औं मिनेटमा गोल फर्काएका थिए । मध्यान्तरपछि भने दुवैतर्फ कुनै गोल हुन सकेन ।