अमेरिकामा एक नेपालीलाई ४६ महिना जेल सजाय

अमेरिकामा एक नेपालीलाई ४६ महिना जेल सजाय

क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न रहेको आरोप


ग्लोब नेपाल
2.9k
Shares

क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न रहेको आरोप लागेका एक नेपालीलाई अमेरिकामा ४६ महिना जेल सजाय सुनाइएको छ । ४६ वर्षीय दीपेन्द्र भुसाललाई टेक्सासको पूर्वी जिल्लाको न्यायलयले संघीय जेलमा ४६ महिना राख्ने निर्णय सुनाएको हो ।

भुषालका बारेमा विस्तृत खुलाइएको छैन । यद्यपि उनले आरोप स्वीकार गरेका थिए । लगभग एक वर्षपछि उनलाई जिल्ला न्यायाधीश जेरेमी डी केर्नोडलले ४६ महिना संघीय जेलमा राख्ने निर्णय सुनाएका हुन् ।

क्रिप्टोकरेन्सी प्रयोग गरेर पैसा लुट्ने कार्यमा भूसाल संलग्न रहेको अभियोग लागेको थियो । संकलन भएको पैसा राख्ने बैंक खाता र मेलबक्सहरू खोल्ने, ती पैसा प्रयोग गरेर लेनदेनमा संलग्न हुने, लेनदेन लुकाउने र विदेशीलाई पैसा पठाउन भूषालले भूमिका खेलेको आरोप लागेको थियो ।

गत मार्च १० मा भुसालका अन्य दुई सहयोगी पक्राउ परेका थिए । प्रहरीले प्रहरीले ७५ वर्षीय लोइस बॉयड र ३३ वर्षीय माणिक मेहतानीलाई पक्राउ गरेको थियो । उनीहरुलाई भर्जिनियाको अमेलिया न्यायलयले ट्राभल ऐन उल्लङ्घन गरेको अभियोग लगाएको थियो। यदि उनीहरु दुईजना दोषी ठहरिए २० वर्षसम्म संघीय जेल बस्नुपर्ने हुन्छ ।