राष्ट्रिय परिचयपत्र बनाउन मासिक ४ लाखको आवेदन

राष्ट्रिय परिचयपत्र बनाउन मासिक ४ लाखको आवेदन


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपालमा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढ्न थालेको छ । सरकारले राहदानी लिनको लागि अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको हो ।

यसअघि परिचयपत्र बनाउनेको सङ्ख्या गन्न सकिने अवस्थामा रहेको भएपनि पछिल्लो समय मासिक ४ लाखले आवेदन दिने गरेका राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना अधिकारी लक्ष्मण ढकालले बताए ।

पहिलो चरणमा राहदानी लिनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको सरकारले अब विस्तारै सवारीचालक अनुमति पत्र लाइसेन्स लगायतका परिचयपत्र लिनको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता, विवाहित भए विवाह दर्ता र नागरिकतामा भएको ठेगाना परिवर्तन भएको भए बसाईसराइको कागजपत्र पेश गर्नुपर्ने हुन्छ ।