वैशाख १ गतेदेखि लागू हुनेगरी काठमाडाैं उपत्यकासहित वागमती प्रदेशमा गाडी भाडा बढ्यो

वैशाख १ गतेदेखि लागू हुनेगरी काठमाडाैं उपत्यकासहित वागमती प्रदेशमा गाडी भाडा बढ्यो


ग्लोब नेपाल
108
Shares

काठमाडाैं । नयाँ वर्ष वैशाख एक गतेदेखि लागू हुने गरी काठमाडाैं उपत्यकासहित वागमती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनपछि काठमाडाैं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ भाडा तय भएको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो ।

त्यस्तै, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २०० मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ।