तेस्रो भेरियन्टपछिको सबैभन्दा कम संक्रमण

तेस्रो भेरियन्टपछिको सबैभन्दा कम संक्रमण

२४ घण्टामा ४ जना संक्रमित


ग्लोब नेपाल
189
Shares

काठमाडौं । गत २४ घण्टामा तेस्रो भेरियन्टपछिको सबैभन्दा कम संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ सय जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, ९ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । २४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५९२ जना रहेका छन् ।