इंग्लिस प्रिमियर लिग: सिटी र लिभरपुलले अंक बाँडे

इंग्लिस प्रिमियर लिग: सिटी र लिभरपुलले अंक बाँडे


ग्लोब नेपाल
189
Shares

लन्डन । दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले लिभरपुलसंग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो । तर भ्रमणकारी टोली खेलमा फर्कन सफल भयो ।

सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे । पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए । १३औं मिनेटमा जोटाले बराबरी गोल गरे । ३६ औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २-१ को अग्रता बनायो ।

तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २-२ को बराबरी ल्याए । बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

गएरातिकै अर्को खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । लेस्टरमा जितमा एडिमोला लुकम्यान र किएर्नन ड्युजबरी हलले एक एक गोल गरे । क्रिस्टलका तर्फबाट विलफ्रेड जाहाले एक गोल फर्काए । जितसँगै २९ खेलमा ४० अंक जोडेको लेस्टर नवौं स्थानमा छ । क्रिस्टल प्यालेस ३१ खेलमा ३७ अंक जोडेर दशौँ स्थानमा रहेको छ । गएरातिका अन्य खेलमा खेलमा नर्विच सिटीले बर्नलीलाई २–० ले र ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० ले नै हराएको छ ।