च्याम्पियन्स लिगमा दुवै इग्लिस क्लबलाई सफलता

च्याम्पियन्स लिगमा दुवै इग्लिस क्लबलाई सफलता



लन्डन ।च्याम्पियन्स लिगमा दुवै इग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुललाई सफलता मिलेको छ । बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा बुधबार राति ३-३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ भने दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा पुगेको छ ।

समग्रमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ६-४ अन्तरले पराजित गर्यो । पहिलो लेगमा बेन्फिका घरेलु मैदानमा लिभरपुलसंग ३-१ अन्तरले पराजित भएको थियो । दोस्रो लेगमा भने बेन्फिकाले खेलमा फर्कन निकै प्रयास गर्यो । तर पहिलो लेग हार्नु नै बेन्फिकाको लागि घातक रह्यो ।

दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमो कोनाटेले एक गोल गरे । अर्को क्वाटर फाइनलमा एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गर्यो । फाइनल प्रवेशका लागि लिभरपुलले स्पेनिस क्लब भिल्लारियलसंग खेल्नेछ ।

म्यानचेस्टर सिटी सेमिफाइनलमा
दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसंग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो । दोस्रो लेगमा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो ।

घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न सफल भयो । बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनी समग्रमा ६-४ले विजयी हुँदै सेमिफाइनलको टिकट काट्यो । फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसंग खेल्नेछ ।