कुनै समयकी राजकुमारी अहिले संग्रहालयमा स्वंयसेवक

कुनै समयकी राजकुमारी अहिले संग्रहालयमा स्वंयसेवक



टोकियो । प्रेमको कुनै सीमा हुन्न भन्ने भनाई जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ । उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वंयमसेवकको रुपमा काम गर्छिन् । ३० वर्षीया माको पूर्वराजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् । प्रेमीसँग विवाहका लागि नै उनले उपाधि र राजपरिबारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् ।

उनी म्युजियमको एसियाली कला संग्रहमा काम गरिरहेकी छिन् । जापान टाइम्सका अनुसार पूर्वराजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औं शताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास गरिरहेकी छिन् ।

माकोले स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयमा कला इतिहासको अध्ययन गरेकी थिइन् । सन् २०१६ मा उनले बेलायतको लिसेस्टर विश्वविद्यालयबाट कला संग्रहालय र ग्यालरी अध्ययनमा स्नातकोत्तर गरेकी थिइन् । ‘उनी योग्य छिन् । यस कामका लागि धेरै तयारीको आवश्यकता पर्दछ र प्रायः पुस्तकालयमा धेरै समय खर्च गर्नुपर्छ’, एक पूर्व–मेट क्युरेटरले राजकुमारीको कामको बारेमा भने ।