बार्सिलोना युरोपा लिगबाट बाहिरियो

बार्सिलोना युरोपा लिगबाट बाहिरियो



स्पेनिस क्लब बार्सिलोना युरोपा लीग फूटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । युरोपा लीग अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा फ्रयांकफर्टसँग ३–२ ले पराजित हुँदै समग्रमा ३–४ को हार व्यहोर्दै बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा जर्मन क्लब फ्रयांकफर्टले चौथो मिनेटमै फिलिप कोस्टिकको गोलसँगै अग्रता बनायो । लगत्तै ३६औं मिनेटमा राफायल बोरेले फ्रयांकफर्टको अग्रता दोब्बर पारे भने ६७औं मिनेटमा कोस्टिकले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

बार्सिलोनाका लागि इञ्जुरी समयमा सर्जियो बुसक्वेट्स र माम्पिस डिपेले एकएक गोल गरे । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । त्यस्तै आआफ्नो खेल जित्दै वेष्ट ह्याम युनाइटेड, रेञ्जर्स र आरबी लाइप्जिगले पनि सेमिफाइनलमा स्थान पक्का पारेका छन् । अब फाइनल प्रवेशका लागि फ्रयांकफर्ट र वेष्ट ह्याम तथा रेञ्जर्स र आरबी लाइप्जिगले प्रतिस्पर्धा गर्नेछन् ।