आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची

आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची

पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ । नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड नोक्सान छ । यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्य सूची पठाएको थियो ।