काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठक आज बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्नेछ।
पार्टीले बैठकका विस्तृत एजेन्डा सार्वजनिक गरेको छैन। यद्यपि, पछिल्लो राजनीतिक परिस्थितिमा बस्न लागेको सचिवालय बैठकलाई पार्टीको आगामी कार्यदिशा र रणनीतिक छलफलका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
प्रवक्ता खरेलले सूचना जारी गर्दै कात्तिक १४ गते शनिबार बिहान ११ बजे सभापति लामिछानेको अध्यक्षतामा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् ।


प्रतिक्रिया