जनतामा जीवन विमाप्रति वितृष्णा

जनतामा जीवन विमाप्रति वितृष्णा

बिमा समितिले बिमा कम्पनीहरुमा बिमा लेख त्याग गर्ने दर बढेपछि बिमितले बिमा लेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्र बिमा लेख त्याग गर्न पाउने व्यवस्था गरेको छ ।


ग्लोब नेपाल
1k
Shares

काठमाडौं । पछिल्लो समय जीवन विमा गर्ने विमितहरुले विमा लेख त्याग गर्ने दर अत्याधिक बढेको छ । देशमा बिमा कम्पनीहरुको संख्या बढेसँगै बिमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको बिमा समितिसँग तथ्यांक छ ।
कसैले भनेको भरमा वा करकापमा बिमा गर्ने परिपाटीका कारण विमा लेख खरिद गर्ने अभ्यासले गर्दा बिमा लेखप्रति बिमितहरुले यसको महत्व र उपयोगिता बुझ्न नसक्दा विमा लेखलाई निरन्तरता दिन नसकेको विज्ञहरुको भनाइ छ ।

बिमा लेख खरिद गर्दा आफ्नो बजेट र क्रय शक्तिको अन्दाज नगर्दा समेत बिमा लेख त्याग गर्नेहरु बढेको बताइन्छ । पछिल्लो तीन महिनाको तथ्यांकमा १९ वटा जीवन बिमा कम्पनीमा दुई अर्बभन्दा बढीको बिमा पोलिसी त्याग गरेको बिमा समितिको तथ्यांकमा उल्लेख छ । जसमा १७ हजार ६ सयभन्दा बढी बिमा लेख त्याग भएका छन् ।

बिमा समितिले बिमा कम्पनीहरुमा बिमा लेख त्याग गर्ने दर बढेपछि बिमितले बिमा लेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्र बिमा लेख त्याग गर्न पाउने व्यवस्था गरेको छ ।

तीन वर्ष पूरा नभइ बिमा त्याग गर्दा के हुन्छ ?
बिमा समितिले तोकेको समयसीमा तीन वर्षभन्दा अगावै बिमा त्याग गरेमा बिमितको रकम फिर्ता हुँदैन । बिमितले बिमा गर्नु अगावै यसप्रति जानकारी राख्नु जरुरी छ ।

सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्युरेन्स छ । पछिल्लो तीन महिनामा नेपाल लाइफको ५ हजार ८ सय ९५, राष्ट्रिय बिमा संस्थानको ४ हजार ८ सय ९१, नेशनल लाइफको १ हजार ५ सय ८८, एसियन लाइफको १ हजार ३ सय ७१ ले बिमा लेख त्याग गरेका छन् । सबैभन्दा थोरै महालक्ष्मी लाइफबाट २५ जनाले बिमा लेख त्याग गरेका छन् ।