स्थानीय तहको चुनावका लागि एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

स्थानीय तहको चुनावका लागि एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको चुनावको लागि पार्टीको घोषणापत्र तयार गरेको छ । गएराति सम्पन्न केन्द्रीय सचिवालय बैठकले घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तह निर्वाचनका लागि बिभिन्न पालिका र जिल्लाबाट सिफारिस भएका नाम समानुपातिकतर्फका बन्द सूचीका उम्मेदवारसमेत रहेकाले उनीहरूको नाम सूचीबाट हटाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । उनकाअनुसार विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको पनि नाम सिफारिस भएकाले ती व्यक्तिको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको हो ।

बैठकले १२ वटा केन्द्रीय विभाग गठन गर्नुको साथै केन्द्रीय सल्लाहकार परिषद्को सङ्ख्या १ सय ६ बाट थपेर २ सय ७८ जना बनाएको छ । केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य थप भएको गुरुङले जानकारी दिए ।