उपमहानगरपालिकाको सिट बाँडफाँटमा गठबन्धन सहमति नजिक

उपमहानगरपालिकाको सिट बाँडफाँटमा गठबन्धन सहमति नजिक

इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढीमा नेपाली कांग्रेस, घोराही र जितपुर सिमरामा माओवादी, हेटौंडा समाजवादी र जनकपुर जसपाको भागमा


ग्लोब नेपाल
459
Shares

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच सहमति जुटेको छ । सत्ता गठबन्धनबीच भएको चरणवद्ध छलफलपछि महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको टुङ्गो लागेको हो ।

महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटसँगै चुनावी तालमेलका अन्य विषयहरुमा समेत सहमति भएको सञ्चार तथा सूचना प्रबिधि मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सहमति गर्न बाँकी अन्य विषयहरुमा पनि दलहरु बीच सकरात्मक ढंगवाट छलफल भइरहेको उनले बताए ।

गठबन्धन आबद्ध बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक– एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गरिएको थियो ।

सहमतिअनुसार घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो । हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो । तर, जनकपुर र नेपालगन्जमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न नसकेको हो ।

सहमतिअनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढीकाे मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । जनकपुर जसपालाई दिने सहमति थियो । राति ती दुई उपमहानगरमै सहमति जुट्न नसकेपछि बैठकबाट नेताहरू उठेका हुन् ।

यसैगरी, उपमेयरतर्फ कांग्रेसले जनकपुर, हेटौंडा, जितपुर सिमरा र घोराही उपमहानगर उपमेयर लिने धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रलाई दिने सहमति भएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिने तथा जसपाको भागमा कलैया उपमहानगरपालिका उपमेयर दिने सहमति थियो । नेपालगन्ज उपमेयर जसपा र धनगढी उपमेयर माओवादीले राख्ने सहमति थियो ।