सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबन्डा, नेकपा एस शून्य

सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबन्डा, नेकपा एस शून्य


ग्लोब नेपाल
162
Shares

सिन्धुली । सत्ता पक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ । केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने निर्वाचनमा जिल्लामा पनि भागबन्डा भएको छ । आज बसेको गठबन्धन दलको बैठकले भागबन्डा लगाएका हुन् ।

जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, दुधौलीको मेयर नेकपा माओवादी केन्द्रलाई र उपमेयर नेपाल कांग्रेसको भागमा परेको छ ।

तीन पाटन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ । फिकल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादीको भागमा परेको छ । गोलनजोर गाउँपालिकाको अध्यक्ष पनि नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ ।

यसैगरी, सुनकोसी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ भने उपाध्यक्ष कांग्रेसको भागमा छ । घ्याङलेक गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ ।

बैठकले मरिक गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसको भागमा पारेको छ भने उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको छ । यस्तै हरिहरपुर गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ ।