स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) धर्नामा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) धर्नामा


ग्लोब नेपाल
432
Shares

काठमाडौं । वीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन वीमा कम्पनीहरुका लागि जारी गरेको विवादस्पद ‘MINIMUM PREMIUM RATE FOR NON TARIFF INSURANCE BUSINESS’ निर्देशिका विरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान) आन्दोलित भएका छन् ।

ऊर्जा परियोजना र भौतिक पूर्वाधार निर्माणको क्षेत्रलाई गम्भीर समस्यामा पारेको तथ्यतर्फ वीमा समितिको पटक–पटक लिखित–मौखिकरुपमा ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएपछि सरोकारवाला संस्थाहरु आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो दिन आज बिहिबार वीमा समितिको कार्यालयमा दिउसो १ बजेदेखि २ बजेसम्म स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघले शान्तिपूर्ण धर्नाको कार्यक्रम सम्पन्न गरेका छन् । कालो ब्यानर र प्लेकार्डसहित वीमा समितिको कार्यालय पुगेका सरोकारवाला संस्थाहरुले धर्ना कार्यक्रमभर नाराबाजी गरेका थिए ।

धर्ना कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै इप्पानका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले वीमा समितिको बलजफ्ती रबैयाले आफूहरुलाई आन्दोलन गर्न बाध्य पारेको बताउनुभएको छ । ऊर्जा र निर्माण ब्यबसायलाई चौपट पार्ने उक्त निर्देशिका खारेज नभएसम्म आन्दोलन निरन्तर जारी रहने उँहाको भनाई छ ।

बिरोध कार्यक्रममा इप्पानका तर्फबाट अध्यक्ष कृष्णप्रसाद आचार्य, पूर्वअध्यक्ष शैलेन्द्र गुरागाँई, उपाध्यक्षहरु आशिष गर्ग, गशेण कार्की, मोहनकुमार डाँगी, महासचिब गोरे शेर्पा, सचिबहरु भरतबहादुर खत्री, रामप्रसाद आचार्य, सदस्यहरु उत्तम ब्लोन लामा, प्रकाशचन्द्र दुलाल, कबिता पोखरेल, इप्पानका सल्लाहकार समिति संयोजक कुमार पाण्डे, सल्लाहकार उत्तरकुमार श्रेष्ठ लगायतका दर्जनौं ऊर्जा उद्यमीहरु वीमा समिति पुगेका थिए । त्यसैगरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह लगायतका निर्माण ब्यसायीहरुको पनि धर्ना कार्यक्रममा ठूलो उपस्थिति रहेको थियो ।

भौतिक पूर्बाधार निर्माणमा गम्भीर रुपमा बाधा उत्पन्न गर्दै मलुकको आर्थिक समृद्धिको गतिलाई ठप्प पार्ने भन्दै उक्त निर्देशिका खारेजीको लागि इप्पानले निर्देशिका जारी भएलगत्तैदेखि वीमा समितिको ध्यानाकर्षण गराउँदै आएका थियो । निर्देशिका खारेज नभएसम्मका लागि आन्दोलन जारी रहने बताइएको छ ।