स्थानीय चुनावमा देशभर प्रहरीसँग समन्वय गर्ने जिम्मा कांग्रेस केन्द्रीय सदस्य खतिवडालाई

स्थानीय चुनावमा देशभर प्रहरीसँग समन्वय गर्ने जिम्मा कांग्रेस केन्द्रीय सदस्य खतिवडालाई


ग्लोब नेपाल
108
Shares

काठमाडौं । निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पाएका छन् । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले केन्द्रीय सदस्य खतिवडालाई संयोजकमा मनोनयन गरेको हो ।

निर्वाचन प्रचार अभियानलाई स्वस्थ र मर्यादित बनाउदै स्वतन्त्र, निष्पक्ष एवं भय रहित वातावरणमा मतदान गर्न पाउने मतदाताको मौलिक हकलाई सुनिश्चित गर्न यस निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको मुख्य भूमिका हुनेछ ।

मतदान स्थल, मतदान प्रकृयाका सबै चरण तथा मतगणनाको अन्तिम परिणाम घोषणा नहुञ्जेलसम्मको निर्वाचनको सबै सुरक्षा व्यवस्था सुनिश्चितताका लागि सुरक्षा निकायसंग आवश्यकता अनुसार सम्पर्क समन्वय गरेर काम गर्ने संयोजक खतिवडाले बताए । देशभरका नेपाली कांग्रेसका मतदातालाई भय रहित, शान्ति सुरक्षा सुनिश्चितता गर्नका लागि जोड दिईने खतिवडाले बताए ।