एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि

एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि


ग्लोब नेपाल
243
Shares

महोत्तरी । एमाले बर्दिबास नगर कमिटीले सिफारिस गरेका नामहरूप्रति नगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।नगर प्रमुखका प्रमुख दाबेदार गुन्ज खड्काले नगर कमिटीबाट सिफारिस भएका नाम पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार नभएको बताए ।

`उम्मेदवारहरूको मूल्यांकन तल्लोस्तरको कार्यकर्तालाई जिम्मा दिनुपर्ने हो तर यहाँ त नगर कमिटीले आफूखुसी निर्णय गर्‍यो,´ खड्काले भने । सर्वसम्मतिबाट टुंगिएको वडाध्यक्ष उम्मेदवारको नामलाई पुन: नगर प्रमुखमा समेत सिफारिस गरेर पार्टीभित्रको आन्तरिक अलोकतान्त्रिक प्रक्रियालाई बढावा दिएको उनको भनाइ छ । नेता खड्का आफै पनि एमाले बर्दिबास नगरपालिकाका बलिया उम्मेदवार हुन् ।

नगरभित्र टेकबहादुर बलाम्पाकी, फाल्गुन सुस्लिङ मगर, चन्द्रलाल क्यापछाकी, केदारबहादुर बस्नेत, कुमार भण्डारी, शारदादेवी थापा, शरद पोखरेललगायतले नगर प्रमुखका लागि दाबी गरेका छन् । ‘यदि पाटीले मूल्यांकन गर्ने हो भने गुन्ज खड्कालाई मूल्यांकन गर्नुपर्छ अनि पार्टी मात्र हैन नगर नै समृद्ध बन्छ,’ बर्दिबास-३ का उमेश खड्का भन्छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय खड्काले एमालेको सांगठनिक निर्माणमा निक्कै ठूलो भूमिका खेलेका छन् ।