ओखलढुंगा कांग्रेसले टुंग्यायो स्थानीय तहका उम्मेदवार

ओखलढुंगा कांग्रेसले टुंग्यायो स्थानीय तहका उम्मेदवार


ग्लोब नेपाल
310.7k
Shares

ओखलढुंगा । ओखलढुंगाको आठवटै स्थानीय तहमा नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । जिल्लाका ८ मध्ये १ स्थानीय तहमा प्रमुख र नगरपालिका सहित ३ स्थानीय तहमा उपप्रमुख र १४ वटा वडामा माओवादीले उम्मेदवारी दिनेछ । गठबन्धनको सहयात्री नेकपा माओवादी केन्द्रले उम्मेदवारको नाम भने तोकिसकेको छैन । उम्मेदवारको मनोनय आज आइतबार र भोलि सोमबार हुँदैछ ।

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरणमा नेपाली कांग्रेसले जिल्ला सभापति तेजेन्द्र खनाल, खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र बस्नेत र उपाध्यक्षमा सुशीला तामाङ, मोलुङ गाउँपालिकामा प्रकाश दाहाल, मानेभन्ज्याङको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली उपाध्यक्षमा माया राई, सुनकोशी गाउँपालिकाको अध्यक्षमा कमल तामाङ, उपाध्यक्षमा सुनिता अधिकारी, चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नवराज केसी, लिखु गाउँपालिकाको अध्यक्षमा अशोककुमार कार्की र चिशंखुगढी गाउँपालिकाको उपाध्यक्षमा सन्तोषबाबु थापाले उम्मेद्वारी दर्ता गराउने छन् ।

यसअघि एमालेले सबै स्थानीय तहमा उम्मेदवारी तोकिसकेको छ । सिद्धिचरण नगरपालिकाको प्रमुखमा इच्छाकुमारी गुरुङ र उपप्रमुखमा केदारबाबु बस्नेत उम्मेद्वार छन् । मानेभन्ज्याङ गाउँपालिकाको प्रमुखमा रुपलाल तामाङ र उपप्रमूखमा अम्मता राई छन् । सुनकोसी गाउँपालिकाको प्रमुखमा सुनिल खड्का छन् । उपप्रमूखमा सरस्वती कार्की तारा छन् ।

चिशंखुगढी गाउँपालिकाको प्रमुखमा अशोक थापा र उपप्रमुखमा सुष्मा राई छन् । मोलुङ गाउँपालिकाको प्रमुखमा उत्तम राई र उपप्रमुखमा उर्मिला खतिवडा छन् । खिजिदेम्बाको प्रमुखमा रामबहादुर खत्री र उपप्रमुखमा कमला सुनुवार छन् । त्यसैगरी चम्पादेवीमा प्रमूखमा खड्गबहादुर कार्की र उपप्रमुखमा सविला घिमिरे खतिवडा छन् । लिखु गाउँपालिकाको प्रमुखमा मिलन विष्ट र उपप्रमुखमा अस्मिता थापा रहेका छन् ।