विराटनगरको मेयरमा काँग्रेसले नागेशलाई र ललितपुरमा चिरिबाबु उठाउने

विराटनगरको मेयरमा काँग्रेसले नागेशलाई र ललितपुरमा चिरिबाबु उठाउने


ग्लोब नेपाल
1k
Shares

काठमाडौँ । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइराला र ललितपुर महानगरपालिकाको मेयर पुनः चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ । विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार कोइराला शेखर कोइराला निकट हुन् । हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् । कोइराला परिवारकाे लिगेसीका रुपमा उनको उम्मेदवारी रहनेछ ।

यता ललितपुर महानगरपालिकाको मेयरमा पुन: चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आज (सोमबार) बिहान महर्जनलाई टिकट पक्का गरेका हुन् । मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो ।