देशव्यापी धर्नामा निर्माण व्यवसायी (फोटोफिचर)

देशव्यापी धर्नामा निर्माण व्यवसायी (फोटोफिचर)


ग्लोब नेपाल
3.1k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज मंगलबार ७७ वटै जिल्लाको प्रशासन कार्यालय अगाडि धर्ना दियो । अस्वभाविक मूल्यवृद्धिका विरुद्ध महासंघले देशभरको जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको हो ।

मूल्यवृद्धि समायोजन मार्गदर्शन–२ जारी गर्नुपर्ने, बिमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, सार्वजनिक खरिद नियमावली ११ औं संशोधनमा भएका त्रुटीहरुलाई सच्चाउनुपर्नेलगायतका माग राखेर महासंघले देशव्यापी धर्ना कार्यक्रम आयोजना गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । उनका अनुसार धर्नासँग गर्नैपर्नेबाहेकका सम्पूर्ण निर्माण कार्य देशभर स्थगित गरिएको छ ।

अप्रत्यासित मूल्यवृद्धिका कारणले निर्माण लागत दुई गुणाले बढेको छ । पुरानो दर रेटमा लिइएका ठेक्काको निर्माण कार्य गर्न सक्ने अवस्था छैन । अतः बढेको मूल्यको समायोजनका लागि मार्गदर्शन–२ जारी गर्नुपर्ने माग व्यवसायीहरुले राखेका छन् । यस्तै परिस्थिति सिर्जना हुँदा २०६५ सालमा सरकारले मार्गदर्शन–१ जारी गरेको थियो ।

खुला र प्रतिस्पर्धात्मक बजार व्यवस्थालाई चुनौति दिँदै बिमा समितिबाट बिमा निर्देशिका २०७८ मार्फत् बिमा पोलिसी दर रेट अप्रत्यासित रुपमा बढाएको छ । यसै विषयमा सरोकारवाला, निर्माण व्यवसायी, स्वतन्त्र उर्जा उत्पादक संघ (इपान), बिमा कम्पनी र बिमा समितिबीच आज मंगलबार छलफल भएको छ ।