काठमाडौंका घरको नक्सा कोर्ने धर्मराजले दिक्तेलको नक्सा कोर्न पाएनन्

काठमाडौंका घरको नक्सा कोर्ने धर्मराजले दिक्तेलको नक्सा कोर्न पाएनन्

जिल्लामा कार्यकर्ताको व्यापक विरोधपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाटै तीर्थराज भट्टराईलाई टिकट दिएसँगै मेयर बनेर दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको नक्सा कोर्ने धर्मराजको सपना तुइएको छ ।


ग्लोब नेपाल
432
Shares

काठमाडौं । मेयरको टिकट बोकेर काठमाडौंबाट हेलिकोप्टर चढी उम्मेदवारी दर्ता गराउन दिक्तेल पुगेका धर्मराज पोखरेलले स्थानीयको राम धुलाइ खाएर फर्किनु प-यो । काठमाडौंमा व्यवसाय गरेर जिल्लामा चुनाव लड्न जाँदाको परिणाम के हुन्छ भन्ने कुरा धर्मराज स्थानीय निर्वाचन २०७९ को गतिलो उदाहरण बनेका छन् ।

झन्डै एक दर्जन संघसंस्थाको नेतृत्व गरेर विजय इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गरेका धर्मराजले काठमाडौं उपत्यकाभित्र हजारौं घरको नक्सा कोरेका छन् । पेशाले इञ्जिनियर धर्मराज लोक गायन क्षेत्रमा पनि चर्चित छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केही समय अघि नेपाली कांग्रेसमा प्रवेश गरेका धर्मराजको मेयर पदको टिकट खोसिएपछि राजनीतिक छलाङमा धक्का पुगेको छ । केन्द्र र प्रदेशलाई रिझाएर टिकट लिन सकिन्छ, तर स्थानीय कार्यकर्ताको चित्त बुझाउनुपर्छ भन्ने धर्मराजले हेक्का राखेनन् । यो गम्भीर भुलेकै कारण उनले मतदाताबाट विरोधको सामना मात्रै गरेनन, मेयर पदको टिकटसमेत गुमाए ।

जिल्लामा कार्यकर्ताको व्यापक विरोधपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाटै तीर्थराज भट्टराईलाई टिकट दिएसँगै मेयर बनेर दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको नक्सा कोर्ने धर्मराजको सपना तुइएको छ ।