लिभरपुललाई पहिलो लेगमा अग्रता

लिभरपुललाई पहिलो लेगमा अग्रता


ग्लोब नेपाल
216
Shares

लन्डन । यूइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले भिल्लारियलाई २-० अन्तरले पराजित गरेको छ । बुधबार राति घरेलु मैदान एनफिल्डमा जित निकाल्ने क्रममा लिभरपुलले सुरुआती गोल उपहार पायो, भने दोस्रो गोल साडियो मानेले गरे ।

घरेलु मैदानको सहज जितसँगै लिभरपुल फ्रान्स राजधानी पेरिसमा हुने फाइनल नजिक छ । अब दोस्रो लेग भिल्लारियलको मैदानमा हुनेछ । जुन खेलमा लिभरपुललाई बराबर काफी हुनेछ । भिल्लारियलको बलियो डिफेन्स बीच पहिलो हाफमा कुनै गोल निस्कन सकेन । खेलको ५३औँ मिनेटमा पर्भिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलले अग्रता बनायो ।

पहिलो गोल भएको दुई मिनेट पछि नै साडियो मानेले मोहम्मद सलाहको पासमा दोस्रो गोल गरे ।