जिप दुर्घटनामा १३ जना घाइते

जिप दुर्घटनामा १३ जना घाइते


ग्लोब नेपाल
162
Shares

दाङ । यात्रुबहाक जिप दुर्घटनामा परि दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसाे राेल्पाकाे जुँगारबाट दाङकाे तुलसीपुर आउँदै गरेकाे जीप दुर्घटनामा परेकाे हाे ।

घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेकाे हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।