३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस


ग्लोब नेपाल
189
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । ३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ ।

विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।