नेपालले आज जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दै

नेपालले आज जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दै


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार जिम्बावे ‘ए’ सँगको तीन एकदिवसिय सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

खेल टियु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने छ । शनिबार नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुवात गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुवात गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । एकदिवसीयपछि नेपालले टी–ट्वान्टी सिरिज खेल्नेछ । टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।