सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा

सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा


ग्लोब नेपाल
189
Shares

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले आ-आफ्नो खेल जित्दा नर्विच भने पराजित हुँदै रेलिगेशनमा परेको छ । शीर्ष स्थानको सिटीले लिड्स युनाईटेडलाई ४-० अन्तरले पराजित गरेकाे हाे । सिटीको जितमा रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले १-१ गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको थियो । जितसँगै सिटी ३४ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा छ । लिड्स ३४ अंक जोडेर १७औं स्थानमा छ ।

अर्को खेलमा लिभरपुलले न्युकासललाई १-० अन्तरले हरायो । लिभरपुलको जितमा नेबी केइटाले निर्णायक गोल गरे । खेलको १९औं मिनेटमा केइटाको गोलमा लिभरपुलले महत्त्वपूर्ण तीन अंक जोगायो । जितसँगै लिभरपुलले ३४ खेलबाट ८२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । न्युकासल ४३ अंक जोडेर नवौं स्थानमा छ ।

एस्टन भिल्लासँग २-० अन्तरले पराजित भएसंगै नर्विच रेलिगेसनमा परेको हो ।रेलिगेशनमा परेको नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । खेलमा एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले १-१ गोल गरे । जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा स्थानमा छ । नर्विच २१ अंक जोडेर पुछारमा छ ।