प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


ग्लोब नेपाल
486
Shares

काठमाडौं । संघीय संसदको अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सभामुख अग्निप्रसाद सापकोटाले विचारविमर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको निजी सचिवालयले जनाएको छ ।