पीडित जानुकालाई अमेरिकाबाट सहयोग

पीडित जानुकालाई अमेरिकाबाट सहयोग


ग्लोब नेपाल
351
Shares

नुवाकोट । अर्बुद रोगबाट पीडित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं -१३ की जानुका ढुङ्गानाको उपचारका लागि सहयोग प्राप्त भएको छ ।

बेलकोटगढी -१३ घर भई हाल अमेरिकामा पेशा व्यवसाय गरी बसिरहेका राजेश पाण्डे( वावुराजा) रामराजा पाण्डे, रामप्रसाद पाण्डे र मधुसूदन पाण्डे (हाल नेपाल) बसिरहेका दाजुभाइहरूले उनको उपचारका लागि नेपाली रुपैयाँ दुई लाख सहयोग गरेका हुन् ।

सहयोग गर्ने चारै जना पाण्डेहरू सहोदर दाजुभाइहरू हुन् । आफ्नो बुबा भैरव पाण्डेको मृत्यु पनि क्यान्सरबाटै भएको भन्दै उनीहरूले रोगीको उपचारको लागि व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । नुवाकोट बेलकोटगढीका भैरव पाण्डे एक प्रतिष्ठित समाजसेवी हुन् ।

बुबाको समाजसेवा र समाजप्रतिको उत्तरदायित्वले प्रेरित भएर आफूहरूले पनि बाबुको विरासतलाई निरन्तरता दिएको पाण्डे दाजुभाइहरूले बताए । उनीहरूले अर्बुद रोगबाट थलिएकी जानुकालाई वीर अस्पतालको इएन्टी वार्डमा पुगी रकम हस्तान्तरण गरेका हुन् ।