अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर

अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर

संसारभर यसको असर


ग्लोब नेपाल
216.4k
Shares

तीब्रगतिमा भएको मूल्यवृद्धिका कारण अमेरिकाको केन्द्रीय बैंकले दुई दशकयताकै उच्च ब्याजदर वृद्धिको घोषणा गरेको छ । अमेरिका स्थित फेडरल रिजर्भ बैंकले झण्डै आधा प्रतिशत ब्याजदर बढाएर शून्य दशमलब ७५ प्रतिशत देखि १ प्रतिशत पुर्‍याएको हो ।

अमेरिकी मुद्रास्फीति ४० वर्षकै उच्च बिन्दुमा पुगेको छ । अझै थप वृद्धि हुने आंकलन गरिएको छ । यसले थप मूल्यवृद्धि गर्ने र यसको असर संसारभर पर्ने अनुमान गरिएको छ । भारतको केन्द्रिय बैंकले अप्रत्यासित रुपमा व्याजदर वृद्धिको घोषणा गरेको छ । यसैगरी अस्ट्रेलियाको केन्द्रीय बैंकले हालै एक दशक भन्दा बढीमा पहिलो पटक ब्याज दर वृद्धि गरेको थियो ।

बेलायतको बैंकले पनि आजै पुनः आजैदेखि व्याजदर वृद्धि गर्ने जनाइएको छ ।रुस युक्रेन युद्धका कारण संसारभर मुद्रा स्फिति बढेको छ ।