जुम्लामा पहिरोमा पुरिएर दुई जना बालकको मृत्यु

जुम्लामा पहिरोमा पुरिएर दुई जना बालकको मृत्यु


ग्लोब नेपाल
135
Shares

जुम्ला । तिला गाउँपालिका–२ डुडेलीमा सुख्खा पहिरो आउँदा पुरिएर २ जनाको मृत्यु भएको छ । रण बहादुर बोहोराको घरको जग उठाउँदै गरेको अवस्थामा बुधबार माथिबाट सुख्खा पहिरो आउँदा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर उक्त स्थानमा खेलिरहेका रण बहादुर बोहोराको छोरा ३ वर्षीय शिशिर बोहोरा र सोही ठाउँ बस्ने दल बहादुर रावतको छोरा ३ वर्षीय हिमेश रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा दुई जना बालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रारालिहि र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उद्धारका क्रममा उनीहरूको शव फेला पारेको हो ।