नेपालविरुद्ध जिम्बावे टस जितेर फिल्डिङ गर्दै

नेपालविरुद्ध जिम्बावे टस जितेर फिल्डिङ गर्दै


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु भएकाे छ । कीर्तिपुरस्थित टियु मैदानमा भएकाे खेलमा भ्रमणकारी टोली जिम्बावेले टस जितेको छ । र उसले फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बावेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । सुरुको ५ ओभरमा नेपालले ३ विकेट गुमाएर ३६ रन जोडेको थियो ।

जिम्वाबेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी-२० शृंखला आयोजना गरेको थियो ।

तीन ट्वान्टी-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंखलामा १-१ को बराबरी गरेको थियो । नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।