तरुण दलद्वारा ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन

तरुण दलद्वारा ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन


ग्लोब नेपाल
621
Shares

काठमाडौँ । नेपाली काँग्रेसको युवा सङ्गठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो ।

तरुण दल अध्यक्ष विद्वान गुरुङले काँग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समिति सदस्यलाई निर्देशन दिएका छन् ।

‘यही २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टी र गठबन्धन दलहरूको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरूलाई विजयी गराउन महत्त्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मनोनीत गरेको छु,’ उनले भने ।

गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठान प्रसाद पोखरेललाई दिइएको जनाएका छन् ।