कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


ग्लोब नेपाल
27
Shares

कैलाली । जोशिपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको ट्रयाक्टर दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।