लिभरपुल रोकियो, सिटीलाई अवसर

लिभरपुल रोकियो, सिटीलाई अवसर

चेल्सी रोक्कियो, म्यानचेस्टर युनाईटेडकाे लज्जास्पद हार


ग्लोब नेपाल
216
Shares

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल टोटनहमसँग रोकिएको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल १-१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको लिभरपुललाई लुइस डियाजले बराबरिमा ल्याएका थिए ।

खेलको ५६औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै भ्रमणकारी टोली टोटनहमलाई १-० को अग्रता दिलाए । तर ७४औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुलको हार टारे । जितपछी लिभरपुल शीर्ष स्थानमा फर्किएपनी त्यसको फाइदा सिटीले लिएको छ ।

लिभरपुलको ३५ खेलबाट ८३ अंक छ । समान अंकको सिटीले एक खेल कम खेलेको छ । टोटणहम ३५ खेलबाट ६२ अंकसहित पाचौं स्थानमा छ । सिटीले आइतबार नै न्युक्यासल युनाईटेडको सामना गर्नेछ । यदि जितेको खण्डमा सिटीले तीन अंकको अग्रता लिनेछ ।

शनिबार राति नै भएका अन्य खेलमा चेल्सी बराबरीमा रोकिदा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ । घरेलु टोली ब्राइटनले युनाइटेडलाई ४-० अन्तरले पराजित गर्यो । ब्राइटनको जितमा मोइसेस, मार्क किकिरेला, पास्कल ग्रोब र लिन्द्रो ट्रोसार्डले १-१ गोल गरे ।

जितपछि ब्राइटन ३६ खेलमा ४७ अंक जोडेर नवौं स्थानमा छ । युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा छ । योसँगै युनाइटेडको च्याम्पियन्स लिग सम्भावना कम भएको छ । अर्को खेलमा चेल्सी वुल्भ्ससँग २–२ को बराबरीमा रोकियो । घरेलु मैदान स्ट्रामफोर्ड ब्रीजमा चेल्सीले २-० को अग्रता जोगाउन नसकेको हो ।

चेल्सीको लागि रोमेलु लुकाकुले दुई गोल गरे । वुल्भ्सको लागि फ्रान्सिस्को ट्रिनिकाओले र कोनोर कोयडीले गोल गरे । बराबरीसँगै ३५ खेलबाट ६७ अंक जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ३५ खेलबाट ५० अंक जोडेको वुल्भ्स तालिकाको आठौं स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएको अन्य खेलहरुमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३–१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–० ले पराजित गरेको छ ।